हाम फालेका युवककाे प्रहरीद्वारा उद्धार सप्तकोशी नदीमा

images
  • 92
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    हाम फालेका युवककाे प्रहरीद्वारा उद्धार सप्तकोशी नदीमा
    images

    सप्तरी 

    सप्तकोशी नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको  छ ।

    tyr.jpg

    झापाको कमल गाउँपालिका-५ का ४१ वर्षीय बुधुन्द्र प्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट हिजाे बेलुका नदीमा हाम फाल्नु भएकाे थियाे। 

    उहाँलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हवल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।

    लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend