गाेरखा
गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा फेला परेकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ ।
नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले शङ्कास्पद वस्तु निष्क्रिय पारेपछि आँबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत खुलाइएकाे छ ।
आज बिहान झन्डै ५ बजे सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला पारेपछि सडक बन्द गरिएकाे थियाे । प्रेसरकुकर नजिकै रातो झण्डा पनि भेटिएकाे थियाे ।
केहीबेर अघिदेखि सडकमा यातायात सञ्चालनमा आएकाे एसपी अनुपम श्रेष्ठले बताउनु भएकाे छ । शङ्कास्पद वस्तु कसले राख्याे भन्नेबारे अनुसन्धान भइरहेकाे श्रेष्ठले बताउनुभयाे ।



