देवघाट साउन १५
देवघाटधाम चितवन स्थित रहेको श्री राम जानकी बालिका आश्रम (कन्या गुरुकुलम्) को आर्थिक प्रतिवेदन सार्वजनिक एवंम १३ औँ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

भने कार्यक्रममा आश्रमका व्यवस्थापन समितिका अध्यक्षले लोककल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्रीराम जानकी बालिका आश्रम भरतपुर-१ चितवनमा विगत १३ वर्ष देखि विभिन्न कटु सत्य असहय पिडाको बिचमा नारीलाई इज्जत र माया गरे देवताहरू रमाउँछन् भन्ने शास्त्रको मान्यता अनुसार सञ्चालन हुँदै बताए । यस आश्रमले नेपालको सबैभन्दा सानो उमेरको भागवत गिता वाचिका उत्पादन गरि हालसम्म २५ स्थानमा श्रीमद्भागवत कथा गर्दै हाल ६ बालिकालाई व्यासासनमा विराजमान गराउदैँ आएको उनले बताए ।

हालसम्म संस्थामा ७८ जना बालिका आगमन भएको र ति मध्ये ४६ जनालाई परिवारमा पुनर्मिलन गराएको र बाँकी हालसम्म आश्रमको संरक्षणमा रहेको समेत उनले बताए । यस संस्थाको उद्देश्य बुबाआमा तथा आफ्ना अभिभावक गुमाएका असहाय बालिकाहरूलाई संरक्षण गर्ने,जात,धर्म,वर्ग, सम्प्रदाय भावना भन्दा पनि माथि रही मानवीय मूल्य मान्यता र आदर्शको रूपमा रहेर बालिका संरक्षण गर्ने आदि उनले बताएका थिए । सो कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद माननिय ईश्वर सापकोटाले अर्को आर्थिक वर्षमा संस्थाको लागि प्रदेश बाट नै बजेट विनियोजन गर्ने तथा संस्था लाई ५ लाख दिने प्रतिबद्धता गर्नुभएको थियोे ।

सापकोटाले संस्थालाई वडामा र पालिकामा संस्थाको अवस्थाको बारेमा पढाउने कुनै योजनामा जोड्ने बनाउनका साथै संस्थाको बारेमा धेरैलाई तय नभएको हुँदा सामाजिक संजालमा पेज बनाउन सुझाव दिदैँ सापकोटाले समाजको संवोधन सिल कार्य भएको तथा यसका सबै काम पारदर्शी भएको हुदा खुसी व्यक्त गर्नुभएको थियोे । साथै कार्यक्रममा अतिथिको रूपमा रहेका यमनाथ आचार्यले संस्थाको संञ्चालकलाई धन्यवाद दिदैँ बालिकाहरुको प्रसंसा गर्नुभएको थियोे ।

भने कार्यक्रम आश्रमका अध्यक्ष सावित्री टंडनले आश्रमको आर्थिक प्रतिवेदन स्पष्ट तरिकाले प्रस्तुत गर्नु भएको थियोे । र आगमि दिनहरूमा अझै धेरै बालिकालाई सहयोग गर्ने लक्ष्य लिएर अगाडि बढेको टन्डनले बताउनु भयो । सो कार्यक्रममा विशिष्ट अतिथि टंक नाथ पौडेल,सदन बराल,भोजराज न्यौपाने,रविभद्र शर्मा खनाल आदिको उपस्थिति रहेको थियोे ।




