आफैँले आफ्नो घाँटीमा खुकुरी प्रहार गरेपछि…

images
  • 199
    SHARES
  • भाद्र १७, २०८० आइतबार
    आफैँले आफ्नो घाँटीमा खुकुरी प्रहार गरेपछि…
    images

    सिन्धुली, भदौ १७

    सिन्धुलीमा एक व्यक्तिले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेका छन् । दुधौली नगरपालिका–१३, मनवा बस्ने ३० वर्षीय धनबहादुर मगरले शनिबार आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।

    काका नाता पर्ने होमबहादुर बलम्पाकी मगरको घरभित्र कोही नभएको अवस्थामा पसेर खुकुरीले आफ्नै घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका छन् । उनको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend