अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
189
SHARES
भाद्र १७, २०८० आइतबार
चितवन, भदौं १७
माडीको बाँदरझुलामा १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । बाँदरझुलाको सगरमाथा विद्यालयमा पढाउने ४२ वर्षीय हरिबहादुर हरिजन पक्राउ परेका हुन् ।
उनले बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर बलात्कार गरेको स्थानीय र परिवारको आरोप छ । बलात्कारपछि बालिका रुँदै घर आएपछि परिवारले घटनाबारे जानकारी पाएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले बालिका नबोल्ने भएकोले छानबिनमा समस्या परेको बताइन् । बालिका अहिले माईती नेपालमा आश्रय लिइरहेकी छन् ।