भदौ २०-
सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका चिकित्सकको शव फेला परेको छ। झापा, दमक–१ घर भइ मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत रहेका प्रज्ज्वल कोइरालाको शव फेला परेको हो।
बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा ३२ वर्षीय सर्जन कोइरालाको शव हिजो (मंगलबार) अपराह्न फेला परेको प्रहरीले जनाएको छ।
उनी भदौ १० गते राति सप्तकोशी नदीको छेउमा कार छोडेर डाक्टर बेपत्ता भएका थिए। सप्तकोशी नदीको पुलको बीच भागमा जुत्ता, मोजा र मोबाइल भेटिएको थियो।



