त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड उड्न लागेका तीन जना पक्राउ

images
  • 189
    SHARES
  • भाद्र २२, २०८० शुक्रबार
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड उड्न लागेका तीन जना पक्राउ
    images

    भदौ २२-

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोका अनुसार बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका तीन जनाको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामदद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको हो ।

    पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend