देवघाटमा आजबाट चौबीसै घण्टा एम्बुलेन्स सेवा सुचारु

images
  • 637
    SHARES
  • भाद्र २२, २०८० शुक्रबार
    देवघाटमा आजबाट चौबीसै घण्टा एम्बुलेन्स सेवा सुचारु
    images
    तनहुँ,
     
    नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाद्वारा देवघाटमा आजबाट चौबीसै घण्टा सेवा लिन पाउने एम्बुलेन्स सञ्चालन गरेको छ । यसअघि पनि एम्बुलेन्स सेवा सञ्चालन गरेता पनि उक्त एम्बुलेन्स देवघाट रेडक्रस उपशाखा मार्फत प्रयोग भएपनि देवघाटवासीले पूर्ण रूपमा सेवा नपाएको गुनासो,सुझावलाई मध्यनजर गर्दै देवघाट रेडक्रस सोसाइटी उपशाखाले अब देवघाटबाट नै एम्बुलेन्स सेवा प्रवाह गरी देवघाटवासीलाई पुर्ण सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स सेवा सुचारु गरेको नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखा सदस्य रोशनदेव आचार्यले बताए ।
     
    नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाद्वारा भाडा दररेट पनि प्रकाशित गरेको छ।नारायणगढ,भरतपुरका विभिन्न अस्पतालसम्म जान वा आउन एकतर्फी भाडा दर देवघाट वडा नम्बर -५ देवपुरदेखि दासढुङ्गा सम्मका बासिन्दालाई भाडा दिउँसोको समयमा रू.एक हजार रूपैयाँ र रातको समयमा पन्ध्र सय रूपैयाँ तोकिएको छ ।
     
    त्यस्तै गरि देवघाट वडा नम्बर -५ साउने देखि साढ़ेबगर सम्मका बासिन्दालाई भाडा दिउँसोको समयमा तेह्र सय रूपैयाँ र रातको समय दुई हजार रूपैयाँ  देवघाट वडा नम्बर- १ कोटा सम्मका बासिन्दालाई भाडा  दिउँसोको समयमा पच्चीस सय रूपैयाँ र  रातको समयमा पैतिस सय रूपैयाँ तोकिएको छ भने नारायणगढ मुग्लिङ सडक खण्ड १७ किलोमिटर सम्मको भाडा दिउँसोको समयमा एक हजार रूपैयाँ र रातको समयमा पन्ध्र सय रूपैयाँ, नारायणगढ मुग्लिङ सडक खण्ड गाईघाटसम्मको भाडा दिउँसोको समयमा बाह्य सय रूपैयाँ र रातको समयमा दुई हजार रूपैयाँ र नारायणगढ मुग्लिङ सडक खण्ड घुमाउने सम्मको भाडा दिउँसोको समयमा पन्ध्र सय र रातको समयमा पच्चीस सय रूपैयाँसम्म दररेट कायम गरेको छ ।
     
    साथै एम्बुलेन्स आवश्यक परेको खण्डमा सवारी चालक सुकलाल गुरुङको सम्पर्क नम्बर ९८४५९३६७३८, ९८२११४१७६४ र संयोजक सुर्य बाहादुर रानालाई ९८१४२८८०९९ ,९८४५०८२७७६ नम्बर सम्पर्क गर्न समेत सकिने नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखा सभापति गोविन्द न्यौपानेले बताए । कार्यक्रम देवघाट गाउँपालपकाका प्रवक्ता एवम् वडा नम्बर ५ अध्यक्ष पूर्णबहादुर कुँवर, नेपाल रेडक्रस सोसइटी तनहुँ जिल्ला सदस्य कृष्ण न्यौपाने,महिला सञ्जाल देवघाट अध्यक्ष राधादेवी खनाल लगायतको उपस्थितिमा रहेको थियोे ।
     
     
     
     
     
     
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend