चितवन,
धरानमा भएको गौवंश हत्याको विरोधमा नेपाल सन्त समाजको आह्वान तथा चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लाका ॐ कार परिवारको सक्रियतामा नारायणगढस्थित नारायणी नदी किनारमा धर्म सभा एवम् जनप्रदर्शन भएको छ ।

आज शनिबार भएको विरोध पदर्शनमा धरानमा भएको गौ हत्याको विरोध गरिएको थियो । सभामा उपस्थित भएकाहरुले संविधानको पालना गर गौ हत्यारालाई कारवाही गर, ओमकार परिवार एक हौं संस्कार र संस्कृति जोगाउँ विधर्मलाई भगाउँ, धर्म निरपेक्षता चाहिँदैन, गौ हत्या गर्न पाईँदैन, हाम्रो धर्म संस्कार प्राणभन्दा प्यारो छ, मठमन्दि जोगाउ विधर्मलाई भगाउ, हिन्दु धर्मको विशेषता अनेकतामा एकता लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सभा हुनुपूर्व चौबिसकोठी, पोखरा बसपार्क, धर्मचोक र भृकुटी चोक, गैंडाकोटबाट ॐ कार एवम् राष्ट्रिय झण्डा, प्लेकार्ड सहितको विशाल ¥याली निकालिएको थियो ।



