तनहुँ,
अन्तर्राष्ट्रिय आत्माहत्या न्यूनीकरण दिवसको अवसरमा विभिन्न ठाउँमा कार्यक्रम भएसँगै तनहुँको देवघाट गाउँपालिकामा पनि जनचेतनामूलक तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ । आइतबार सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा देवघाट झोलुङ्गे पुलको मुखबाट सुरू गरिएको सो कार्यक्रम टाउनचोक,देवपुर,बगाले चोक, पिपलटार, बुद्धचोक हुदैँ विभिन्न वडाहरूमा जनचेतनामूलक तथा प्रचारप्रसार कार्यक्रम गरिएको सामुदायिक सेवा केन्द्र देवघाटका अध्यक्ष होम बहादुर भारतीले बताए ।
भारतीले आत्महत्या दु:खद दुर्घटना र अकाल मृत्युु रहेको हुदाँ यसबाट बच्न जनसमुदायमा थोरै भएपनि न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । त्यस्तै गरि सो कार्यक्रममा इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँले आत्महत्या अन्य रोग जस्तै एउटा गम्भीर स्वास्थ्य समस्या हो जसले व्यक्ति,परिवार र समाजलाई दीर्घकालीन रूपमा नकारात्मक असर पार्ने जानकारी दिदैँ यस जोखिमबाट बच्न जोखिममा रहेकाको ख्याल राख्ने,कुरा सुन्ने सहयोग गरेर मनोबल बढाई आत्महत्या रोकथाम गर्न सकिने बताए ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवर,वडा नम्बर ५ सदस्य याम बहादुर मगर,कमला गुरूङ,बुद्धि बहादुर पाण्डे,लायन्स क्लब अफ देवघाट अध्यक्ष दधिराम सापकोटा लगाएत उपस्थिति रहेको थियोे ।



