वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ: प्रधानमन्त्री

images
  • 290
    SHARES
  • भाद्र २५, २०८० सोमबार
    वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ: प्रधानमन्त्री
    images
    विराटनगर, भदौ २५ 
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभएको छ । आज विराटनगर आइपुग्नुभएका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री दाहालसहित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरु पनि यहाँ आइपुग्नुभएको छ ।
     
    सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्र्टी र नेकपा विप्लब समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा सो सभाको आयोजना गरिएको छ ।
     
    सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले सम्बोधन गर्नुहुने कार्यक्रम छ । रासस

     

     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend