खगराज अधिकारी: आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएकाे छ

images
  • 120
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    खगराज अधिकारी: आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएकाे छ
    images

    काठमाडौं 

     एमाले सांसद खगराज अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएको आरोप लगाउँदै पूरा हुन नसक्ने बताएका छन् ।  बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को आयव्ययमाथि सामान्य छलफलमा भाग लिँदै यस्तो भनेका हुन् ।

    rrrrr.jpg

     

    २० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई दिने भनिए पनि अमूक कुन व्यापारीलाई दिन खोजिएको हो ? स्पष्ट नभएको बताउँदै उनले यो देखावटीका लागि गरिएको दाबी गरे ।

    ‘यो जनता विरोधी सरकार हो । न्यून वेतन कर्मचारीको तलब बढेको छैन । केही कर्मचारीको मात्र १५ प्रतिशत बढेको छ । अनि यो सरकार कसरी समाजवादी हुन्छ,’ अधिकारीले भने । बजेटमाथि समान्य छलफल हुँदा पनि अर्थमन्त्री सदनमा उपस्थित नहुनुले व्यवस्थालाई नै गिज्याएको उनको भनाइ छ ।

    उनले अहिले सेयर बजार राताम्मे भएको बताए । समाजवादी उन्मुख सरकारमा किन सेयर बजार घट्यो । स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा ९० प्रतिशत छुट दिने भनिएको आफू निकट व्यापारीलाई पोस्न ल्याइएको उनले बताए । शिक्षा र स्वास्थ्यमा बजेट घटाइएकाे भन्दै उनले आपत्ति जनाए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend