मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सी पुलमा खसेको पहिरो पन्छाउन सुरु

images
  • 138
    SHARES
  • भाद्र २६, २०८० मंगलबार
    मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सी पुलमा खसेको पहिरो पन्छाउन सुरु
    images

    भदौ २६-

    मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सी पुलमा खसेको पहिरो पन्छाउन सुरु भएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो अवरुद्ध भएको सडक खुलाउन मेशिन प्रयोग भइसकेको छ ।

    सुख्खा पहिरो खसिरहेकाले बाटो खुलाउन करिब २ घण्टा लाग्ने सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । आज बिहान ६ः२० बजेको समयमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend