नेपाल मगर महिला संघले २६ औं स्थापना दिवस वृक्षरोपण गरेर मनाए

images
  • 252
    SHARES
  • आश्विन ३, २०८० बुधबार
    नेपाल मगर महिला संघले २६ औं स्थापना दिवस वृक्षरोपण गरेर मनाए
    images
     
     
    प्रतिमा खत्री
    तनहुँ,
    जिल्ला समिति चितवन नेपाल महिला संघ जिल्ला समिती चितवनले जलदेवी समुदायीक वन परिसर वरपर संविधान दिवस तथा २६ औं नेपाल मगर महिला संघको अवसरमा वृक्षरोपण गरि मनाएको थियो। वृक्षरोपण कार्यक्रममा करिब ५० फुलको विरुवा जेपल्यान्ट, ह्बिकस (घन्टी फुल), लाहुरे फुल लगायतका विरुवा वृक्षरोपण गरेको नेपाल महिला संघ चितवनका अध्यक्ष रुकु राना मगरले जानकारी दिएका थिए। 
     
    सो कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ अक्षयकोषका अध्यक्ष निर्मल मगर, नेपाल मगर संघ भूपू सैनिक तथा सैनी प्रहरी संघका अध्यक्ष मिलान रानामगर ,नेपाल मगर विद्यार्थी संघ चितवनका अध्यक्ष मिलान पाटामगर,नेपाल मगर संस्कृति संघ चितवनका अध्यक्ष प्रेम कुमारी आलेमगर र नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगर लगायतको उपस्थिति रहेको थियो।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend