नेपाल मगर विद्यार्थी संघ चितवनद्वारा उत्कृष्ट मगर विद्यार्थीलाई सम्मान

images
  • 463
    SHARES
  • आश्विन ८, २०८० सोमबार
    नेपाल मगर विद्यार्थी संघ चितवनद्वारा उत्कृष्ट मगर विद्यार्थीलाई सम्मान
    images

    चितवन,

     

    नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनको आयोजनामा शैक्षिक सत्र २०७९ सालको NEB र CTEVT परिक्षामा उत्कृष्ट नतिजा ल्याई उतिर्ण हुन सफल मगर विद्यार्थीहरुलाई सम्मान एवं बधाई तथा शुभकामना कार्यक्रम पोखरा बसपार्क नारायणगढ मगर संघको भवनमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि परामर्श तथा तालिम सेवा इकाइ चितवन ईन्जिनियरिङ्ग क्याम्पस रामपुरका उप-प्राध्यापक आकाश थापा मगरले कार्यक्रमलाई सम्बोधन गर्दै उत्कृष्ट नतिजा ल्याई उच्च श्रेणीमा उतिर्ण हुन सफल मगर विद्यार्थीहरुलाई बधाई संगै शुभकामना दिएका थिए।

    साथै उप-प्राध्यापक मगरले शिक्षा क्षेत्रमा मगर समुदायका विद्यार्थीहरुलाई संस्था र आफ्नो ब्यक्तिगत तर्फबाट सधैं सहयोग रहने समेत बताए। सो कार्यक्रममा बिशिस्ट अतिथि नेपाल मगर संघ जिल्ला समिती चितवनका सह-कोषाध्यक्ष धनसरा मगर र सेन्ट्रल कलेज अफ भोकेश्नल ट्रेनिङ प्रा.लि.का प्रीन्सिपल यज्ञ विलाश पौडेल साथै अन्य अतिथि नेपाल मगर संघ बागमती प्रदेश सदस्य गंगा लुङ्गेलीमगर,नेपाल मगर सांकृतिक संघ जिल्ला समिती चितवन अध्यक्ष प्रेमकुमारी आले,नेपाल मगर विद्यार्थी संघ चितवन जिल्लाको पुर्व अध्यक्ष निर्मल थापामगर,नेपाल मगर महिला संघ जिल्ला समिति चितवनका सचीव लक्ष्मी मगर लगायतको उपस्थितमा रहेको थियो भने नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनका मिलन पाटामगरको अध्यक्षतामा कार्यक्रम भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend