४ को मृत्यु,चीनमा शक्तिशाली भूकम्प,

images
  • 124
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    ४ को मृत्यु,चीनमा शक्तिशाली भूकम्प,
    images

    एजेन्सी । 

    चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ ।

    earthqucik-12.jpg

    यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् ।

     

    बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका दुईजनाको अवस्था अहिले स्थिर छ ।

    अन्य ३८ जना सामान्य घाइते भएका छन् भने तत्काल कुनै खतरा छैन। भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् ।

    उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराईमा ३०.४ डिग्री उत्तर अक्षांश र १०२.९ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend