असोज १७-
माल्टाको रोजगारीमा एक लाख तलब हुने लोभ देखाएर ६ लाख ठगी भएको पाइएको छ। तनहुँको व्यास नगरपालिका १२ स्थाई घर भइ हाल जिल्ला काठमाडौँको थानकोट बस्ने वर्ष २९ का रञ्जन पाण्डेले विष्णुविक्रम खड्कासमेत ४ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिने भनी यसरी ठगी गरेको पाइएको छ।
त्यहाँ जान प्रतिव्यक्ति ८ लाख लाग्ने र माल्टा पुगेपछि एक लाख तलब हुने लोभ देखाएर रकम ठगी गरेका पाइएको छ। आरोपीले पीडितहरूबाट पटकपटक गरी जम्मा ६ लाख रकम ठगी गरेको भेटिएको छ।



