नेकोश खेलकुद महोत्सवमा चितवनका दुईसहित बागमती प्रदेशबाट कराँतेका १२ खेलाडी सहभागी हुने

images
  • 152
    SHARES
  • आश्विन १८, २०८० बिहीबार
    नेकोश खेलकुद महोत्सवमा चितवनका दुईसहित बागमती प्रदेशबाट कराँतेका १२ खेलाडी सहभागी हुने
    images

     असोज १८-

    नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा हुने नेकोश खेलकुद महोत्सवमा चितवनका दुईसहित बागमती प्रदेशबाट कराँतेका १२ खेलाडी सहभागी हुने भएका छन् ।

    पाल कराँते महासंघ बागमती प्रदेशले महोत्सवको कराँते प्रतियोगिताका लागि १२ खेलाडी छनौट गरेको हो ।

    महासंघले पुरुष कुमुतेतर्फ पाँच, महिला कुमुतेतर्फ पाँच तथा महिला र पुरुष काँतातर्फ समान एक–एक खेलाडी छनौट गरेको छ ।

    पुरुष कुमुतेतर्फ ६० केजी तौलमा चितवनका मिलन नेपाली, ६७ केजीमा मकवानपुरका निमा शेर्पा, ७५ केजीमा काठमाडौंका रविन त्रिपाठी, ८४ केजीमा रसुवाका पासाङ ग्याल्जेन र ८४ केजीमाथिमा चितवनका जीवन महतो रहेका छन् ।

    महिला कुमुतेतर्फ ५० केजी तौल समूहमा दोलखाकी सोनाम शेर्पा, ५५ केजीमा काठमाडौंकी सृजना महतरा, ६१ केजीमा काठमाडौंकी रमिता माझी, ६८ केजीमा काठमाडौंकी कालाहाङ लिम्बु र ६८ केजी माथिमा ललितपुरकी सुजाता घिसिङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    यस्तै पुरुष काँतामा सिन्धुलीका निरजकुमार सिंजाली मगर तथा महिला काँतामा ललितपुरकी मिरा खातीले बागमती प्रदेशबाट प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष गगन लामाले जानकारी दिए । प्रशिक्षकको रुपमा गुजय सिंह र टिम व्यवस्थापकमा दुर्गा कुमाल रहेका छन् । प्रतियोगिता कराँते महासंघको केन्द्रीय हल सातदोबाटो ललितपुरमा असोज २० देखि २३ गतेसम्म हुनेछ ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend