परिवारलाई हस्तान्तरण ,ताराको विमान दुर्घटनामा मृत्यु भएकाको शव

images
  • 99
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    परिवारलाई हस्तान्तरण ,ताराको विमान दुर्घटनामा मृत्यु भएकाको शव
    images

    काठमाडौं । 

    तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।

    tara-air-sab.jpg

    शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिएको हो ।

     

    दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

    पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend