करिस्मा गुरुङ
तनहुँ:
देवघाट गाउँपालिका-२ व्यागन स्थित रहेको सर्वोदय आधारभूत विद्यालयमा जिल्ला समन्वय ईकाइ शिक्षा शाखा तनहुँ द्वारा निर्मित ४ कोठे आर सि.सि.भवनको सोमबार गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री माननीय जीत प्रकाश आलेले उद्दघाटन गरेका छन् । सो भवनको समुद्घाटन पछी कार्यक्रमलाई सम्बोधन गर्दै माननीय आलेमगरले देवघाट गाउँपालिकाको बिकास कार्यलाई पहिलो प्राथमिकता दिने बताए ।

मन्त्री आलेले सोही अवसरमा यस पटक देवघाटमा केन्द्र र प्रदेश दुवै तर्फबाट राम्रो बजेट परेको बताउदैँ हाल प्रदेश सरकारले कालिगण्डकीलाई कसरी विकास गर्ने भन्ने विषयलाई पनि गहन अध्यन गरेको बताए। कालिगण्डकी वारीपारी रहेको फाटमा जति सिंचाई हुन पर्ने थियो त्यो नभएको हुदाँ त्यसलाई छिट्टै व्यवस्थित गर्ने बताएका छन् । साथै मन्त्री आलेले अन्य क्षेत्रको तुलनामा तनहुँको देवघाट निकै पछाडि परेको समेत बताउदै बाटोलाई बर्खायाममा समेत सहज तरिकाले हिडडुल कठिनाइ भएको हुँदा यसलाई सहज गर्ने बताएका छन। गाईघाटमा बन्ने पक्कि पुल जतिसक्दो छिटो बनाउन पहल गरी देवघाटका जनतालाई सहजता दिने समेत बताए छन् ।

कार्यक्रममा मन्त्री आलेमगरले तल्कालै स्थानीय सरकारसँग समन्वय गरेर विद्यार्थीको शैक्षिक स्तर विकास गर्ने खालको निति ल्याएर शिक्षा,स्वास्थ्य क्षेत्रको गुणस्तरमा वृद्धि गरी अगाडी बढाउने बताए। स्वास्थ्य क्षेत्रमा महिलाहरूको पाठेघरको समस्यालाई मध्येनजर गर्दै खोपको समेत प्रदेश सरकारले व्यवस्थापन गर्ने बताएका छन्। त्यस्तै गरि उज्यालो गण्डकी प्रदेश बनाउने निति ल्याएता पनि त्यो पूरा नरहेको बताउदैँ देवघाटमा पनि कतिपय ठाउँमा विजुली वत्ति बाल्न अझै नसकेको बताउदै अब बिजुली बत्ती पुग्न नसकेको ठाउँमा स्वलर लगेर भएपनि उज्यालो गण्डकी प्रदेश अभियान अगाडि बढाउने समेत बताएका थिए।
सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले अन्य विद्यालयको तुलनामा सर्वोदय आधारभूत विद्यालय राम्रो रहेको बताउदैँ अब माध्यमिक तह स्थरको रूपमा विद्यालय अगाडि बढाउनु पर्ने बताए । साथै देवघाट गाउँपालिकामा शिक्षालाई पहिलो प्राथमिकता दिएर अगाडि बढाउने र पालिका भित्रका विद्यालयहरुको शिक्षा क्षेत्रको गुणात्मक बिकासलाई अगाडी बढाउनका लागी सवै संघ संस्था र बुद्धिजीवी व्यक्तिहरु संग समन्वय गरी अगाडी बढ्ने बताए ।

कार्यक्रममा रिसिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ,देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य,रिसिङ गाउँपालिका उपाध्यक्ष गीनुमाया थापामगर,छिपछिपे टोल बिकास संस्थाका अध्यक्ष रबिन्द्र गुरुङ,सर्वोदय आधारभूत विद्यालयका देवघाट २ व्यागान प्रधानध्यापक टेक बहादुर थापामगर लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रेम थापामगरको अध्यक्षता रहेको थियो भने सो विद्यालयका शिक्षक दुर्ग बहादुर थापा मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियोे ।



