असोज २४-
चितवन राष्ट्रिय निकुञ्ज एक सिँगे गैडा मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणको संयुक्त गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रअन्तर्गत पर्ने खोरियामुहान पोष्टको कार्य क्षेत्र अन्तर्गत भेल्लर घारीमा असोज २१ गते एक सिंगे गैडा मृत अवस्थामा फेला पारेका हुन् ।



