स्थानीय तहका कर्मचारी र सरकारी टोलीबीच वार्ता जारी

images
  • 117
    SHARES
  • आश्विन २५, २०८० बिहीबार
    स्थानीय तहका कर्मचारी र सरकारी टोलीबीच वार्ता जारी
    images

    काठमाडौँ ।

    सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता जारी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको वार्ता टोलीसँग आन्दोलनरत पक्षले सिंहदरवार पुगेर वार्ता गरिरहेको हो ।

    मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ । सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राईको वार्ता टोली गठन भएको थियो ।

    वार्ताका लागि आन्दोलनरत स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिका पदाधिकारी र कर्मचारी ट्रेड युनियनहरूका प्रतिनिधि सहभागी छन् ।

    संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नभएको भन्दै असोज १५ गतेदेखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीहरूले १९ गतेदेखि पेन डाउन गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend