चितवन,
भरतपुर चितवन १ सिताराम संस्कृत माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । आज बिहिवार बिहान १० बजेदेखि सुरू भएको कार्यक्रम विद्यार्थीहरू द्वारा पिटी प्रदर्शनी गर्नुका साथै पानसमा वत्ती बालेर कार्यक्रमको समुद्घाटन गरिएको थियोे।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पोदराज पौडेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

सो कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १ अध्यक्ष केशव महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै बिद्यार्थीहरू भविष्यको कर्णदार हो हामीले बालबच्चालाई सहि मार्ग तर्फ डोर्याइयो भने मात्रै बालबच्चाहरू राम्रो बाटो हिड्ने बताए ।वडा अध्यक्ष महर्जनले विद्यालयलाई राम्रो देखाउन शिक्षकले मात्रै प्रयत्न गरेर नहुने बताउदैँ विद्यार्थी,अभिभावक,शिक्षक तिनै चिज एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउदैँ सबै मिलेर हातेमालो गर्दै अगाडि बढ्न अनुरोध गरेका थिए । साथै अभिभावकले आफ्नो विद्यार्थी समयमै स्कुल गएको छ कि छैन,राम्रोसँग पढेको छ कि छैन भन्ने विषयमा चासो समेत राख्न आग्रह गरे । सो कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी टंकनाथ पौडेलले सिताराम स्कुल एउटा राम्रो स्कुलको रूपमा परिचित स्कुल हो यसलाई संरक्षण गर्ने कर्तव्य सबैको रहेको बताउदैँ यसै विद्यालयबाट राम्रो नतिजा ल्याएर चितवन पढ्न जाने विद्यार्थीलाई आफुले सकेको सहयोग गर्ने प्रतिवद्वता समेत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि एवम् विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष होम बहादुर भारतीेले आफुले विद्यालय व्यवस्थापन समितिको अध्यक्षता रहेर धेरै समय काम गरेको बताउदैँ पहिले र अहिलेमा विद्यालयको केही पक्षहरू भने परिवर्तन आएको बताउदै सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्दै अगाडि बढ्न अनुरोध गरेका थिए । कार्यक्रमको पहिलो प्रारम्भ समयमा विद्यार्थी ऋतु गुरूङद्वारा अंग्रेजी भाषामा र तुलसी परियारद्वारा संस्कृत विषयमा मन्तव्य प्रस्तुत गरेका थिए । त्यस्तै गरि हालै स्कुलबाट कक्षा १२ मा ३.० जिपिए ल्याई स्कुलबाट पहिलो स्थनमा उत्रिर्ण भएकी राधिका लम्साललाई सम्मान गरिएको थियोे भने उत्कृष्ट अभिभावकको रूपमा राम जानकी बालिका आश्रमका अध्यक्ष सावित्री टण्डनलाई सम्मान गरिएका थिए ।

वार्षिकोत्सब विभिन्न साँस्कृतिक कार्यक्रमहरू शिक्षकहरूद्वारा भजन नित्य,शिक्षिकाहरूद्वारा नित्य र विद्यार्थीहरूद्वारा विभिन्न प्रकारका नाच र नाटक प्रस्तुत गरेर थिए । सो कार्यक्रममा शिक्षा तथा मानव स्रोत केन्द्रका पद्मा सापकोटा,विद्यालयका पूर्व प्रधानाध्यापक हरि प्रसाद आचार्य,देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालको विशिष्ट अतिथ्य तथा अन्य अतिथि,अभिभावक,भुपु विद्यार्थीहरू लगाएतको उपस्थितिमा रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दशरण सिग्देलको अध्यक्षता रहेकोे थियोे ।



karishma gurung

