असोज २६-
प्यालेस्टाइनी हमास समूह र इजरायलबीच जारी युद्धमा मृत्यु हुनेको संख्या तीन हजार नजिक पुगेको छ। बीबीसीका अनुसार इजरायलले गाजापट्टीमा जारी राखेको हवाइ आक्रमणमा १५ सयभन्दा बढीको मृत्यु भएको छ।
यसैबीच ह्युमन राइट्स वाचले इजरायलले गाजापट्टी र लेबनानमा सेतो फस्पोरसयुक्त हतियार प्रयोग गरेको आरोप लगाएको छ । सेनाले कुनै संकेतका लागि मात्रै प्रयोग गर्ने अत्यधिक घातक रासायनिक हतियार इजरायले प्रयोग गरेको ह्युमन राइट्स वाचको आरोप छ। भीडभाडयुक्त क्षेत्रमा यसको प्रयोग गर्दा ठूलो मानवीय क्षति हुने बताइन्छ। एजेन्सी



