असोज ३०-
शिक्षाका लागि नेपालबाट विदेशिने रकम दोब्बरले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ ।
अर्थात नेपालमा पर्यटकले गर्ने खर्च भन्दा नेपालबाट विदेश जाने नेपालीको खर्च ज्यादै धेरै देखिन्छ । यसो हुनुमा शिक्षामा नेपालीले लैजाने रकम धेरै माथि हुनु हो ।



