राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

images
  • 210
    SHARES
  • कार्तिक २, २०८० बिहीबार
    राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने
    images

     

    कात्तिक २

    राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ ।

    उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ । त्यस्तै सर्वसाधारणका लागि भने ३ देखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend