इच्छाकामना,
चितवन इच्छाकामना ७ स्थित भालुमारामा दाहाखानी युवा क्लबद्वारा आयोजित दोस्रो वडा अध्यक्ष ९A साइड खुल्ला नकआउट फूटबल प्रतियोगिताको उपाधी हाईलाईट युवा क्लब ले प्राप्त गरेको छ।

हिजो शुक्रबार भएको फाइनल खेलमा हाईलाईट युवा क्लबले इन्द्रटोल सिद्धिपुरलाई १-० गोल अन्तरले पराजित गर्दै हाईलाईट युवा क्लबले उपाधि हकदार बन्न सफल भएको थियो ।

सो प्रतियोगितामा प्रथम र द्वितीय टिम हाईलाईट युवा क्लब,इन्द्रटोल सिद्धिपुरले क्रमशः नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित मेडल,प्रमाणपत्र र द्वितीयले नगद २७ हजार ७ सय ७७ रुपैयाँ सहित मेडल,प्रमाणपत्र इच्छाकामना ७ वडा अध्यक्ष बम बहादुर थापाले वितरण गरेको आयोजक कमिटीका सदस्य सुमिन तामाङले जानकारी दिएका थिए।
तस्वीर : दाहाखानी युवा क्लब



