नदीमा डुबेर दुई बालकको मृत्यु

images
  • 275
    SHARES
  • कार्तिक ११, २०८० शनिबार
    नदीमा डुबेर दुई बालकको मृत्यु
    images

    कैलाली  ।

    कैलालीको बर्दगोरिया गाउँपालिकामा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। 

    बर्दगोरिया वडा नम्बर ६ मा रहेका काँडा नदीमा डुबेर सोही ठाउँका योगेन्द्र मल्लका छोरा ७ वर्षीय आयुस र दीपक मल्लका छोरा ८ वर्षीय दिप्सनको मृत्यु भएको हो।  

    नुहाउने क्रममा पानीमा डुबेर गम्भीर अवस्थामा पुगेका उनीहरुलाई उपचारको लागि नजिकैको बर्दगोरिया अस्पताल लगिएको थियो।

    उपचारकै क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

    दुई बालकको पानीमा डुबेर मृत्यु भएको घटनामा थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend