चितवन, जेठ १९-
चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०७९\८० मा अन्तरसरकारी बित्तीय हस्तान्तरणमा मार्फत् संघीय सरकारबाट ३८ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ ।

अर्थमन्त्रालयले जारी गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणमा चितवनको इच्छाकामना गाउँपालिकाले पाएको बजेट बारे उल्लेख गरिएको हो ।
गाउँपालिकाले समानीकरण अनुदान अन्तर्गत ११ करोड १९ लाख, सशर्त अनुदानमा २४ करोड ३१ लाख र विशेष अनुदानमा एक करोड ७० लाख रुपैयाँ प्राप्त गरेको छ ।



