पोखरामा बस दुर्घटना, ११ जना घाइते

images
  • 164
    SHARES
  • कार्तिक १२, २०८० आइतबार
    पोखरामा बस दुर्घटना, ११ जना घाइते
    images

    कात्तिक १२-

    पोखरामा नगरबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको हो । बसमा ३० जना यात्रु थिए । घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट पोखरा–२२ पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको नगर बस घुम्तीमा’ब्रेक’ नलाग्दा ‘ब्याक’ भएर दुर्घटना भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend