जन्मकैद सुनाइएका रिगलको आम माफीविरुद्धको रिटको सुनुवाइ भोलि

images
  • 171
    SHARES
  • कार्तिक १३, २०८० सोमबार
    जन्मकैद सुनाइएका रिगलको आम माफीविरुद्धको रिटको सुनुवाइ भोलि
    images

    कात्तिक १३- 

    श्रीमान चेतन मानन्धरका हत्यारालाई आम माफी दिने निर्णयविरुद्ध भारती मानन्धर लगातार आन्दोलित छिन् । राष्ट्रपतीले गत संविधान दिवसका अवसरमा चेतन मानन्धरको हत्यामा सर्वस्वसहित जन्मकैद भएका रिगल ढकाललाई आम माफी दिएका थिए ।

    त्यसयता भारती काठमाडौं आएर अनसन बसिरहेकी छिन्। भारतले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई मंगलबार हुँदै छ ।

    असोज २५ गते पेशी तोकिएपनि हेर्न नमिल्ने भनेर कात्तिक १४ गतेलाई सारिएको थियो। त्यसअघि एकल इजलासले गरेको आदेशमा अग्राधिकारसहित असोज २५ गतेलाई पेशी तोकिएको थियो भने त्यस दिन विदा परेमा भोलीपल्टै पेशी तोक्न पनि भनिएको थियो । मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आम माफी दिने निर्णयको सम्पूर्ण मिसिल झिकाउन पनि आदेश गरेका थिए ।
     

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend