नेपाल ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश

images
  • 129
    SHARES
  • कार्तिक १४, २०८० मंगलबार
    नेपाल ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश
    images

    कात्तिक १४-

    नेपाल ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सानदार ब्याटिङ गरेपछि नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

    शल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो विजय हो । अघिल्लो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

    मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूहचरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । मलेसिया र सिंगापुर दुवै समूहचरणको एक खेलअगावै नकआउट दौडबाट बाहिरिएका छन् ।

    भुर्तेल र आसिफले ५ ओभरमा ४९ रन जोडी नेपाललाई सानदार सुरुवात दिलाएका थिए । भुर्तेल समान ४ चौका र छक्का प्रहार गरि आउट भए । आसिफ र मल्लले १० ओभरमा नेपालको स्कोरलाई ९५ रनसम्म पु¥याए । मोहम्मद अमिरको बलमा कट एन्ड बोल्ड हुनु पूर्व आसिफले १ चौका र २ छक्का प्रहार गरे ।

    ट्वान्टी–२० अन्तर्राष्ट्रियका विश्व कीर्तिमानधारी मल्लको यो तेस्रो अर्धशतक हो । उनी पनि कट एन्ड बोल्ड भए र खेलमा अमिरको तेस्रो सिकार भए । उनले कुल २ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे ।

    यसअघि टस जितेको मलेसियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ९ विकेट गुमाई १ सय रन ६५ बनाएको थियो ।ओपनर सैयद अजिजले मलेसियाबाट सर्वाधिक ६८ रन बनाए । गुल्शन झाको बलमा आउट हुनुअघि उनले ८ चौका र २ छक्का प्रहार गरे । अजिजले जुबाइदी जुलकिफ्लेसँग मिलेर मलेसियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । उनीहरूले पावर प्लेमा ५८ रन जोडेका थिए ।

    छैटौं ओभरको पाँचौं बलमा अविनाश बोहराले जुलकिफ्लेलाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि मलेसियाको नियमित विकेट झरिरह्यो । कप्तान अहमद फैज ३ रनमा रनआउट भए । वीरनदीप सिंहलाई सन्दीप लामिछानेले ४ रनमा एलबीडब्लू आउट गरे ।

    कामचलाउ बलर कप्तान रोहित पौडेलले सार्विन मुनिएन्डीलाई १३ रनमा कट एन्ड बोल्ड गरे । अविनाशले मोहम्मद अमिरलाई ८ रनमा बोल्ड गरे । अविनाशले नेपालबाट ४ विकेट लिए । अघिल्लो दिन सिंगापुरविरुद्ध पनि ३ विकेट लिएका अविनाशले ४ ओभरमा २७ रन खर्चेका थिए ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend