रिगलको कैद मिनाहा विरुद्धको मुद्दामा भोलि पनि सुनुवाइ

images
  • 321
    SHARES
  • कार्तिक १४, २०८० मंगलबार
    रिगलको कैद मिनाहा विरुद्धको मुद्दामा भोलि पनि सुनुवाइ
    images

    १४ कार्तिक, काठमाडौं 

    व्यक्तिहत्याको मुद्दामा सजाय भोगिरहेका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ ।

    सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले उक्त मुद्दालाई बुधबार पनि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको हो ।

    सोमबारको बहसमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले कानून बमोजिम नै रिगलको कैद मिनाहा भएकाले त्यसलाई गैरकानूनी भन्न नहुने जिकिर गरेका थिए ।

    आफ्ना पति चिरन मानन्धरको हत्यामा दोषी ठहर भएका व्यक्तिलाई गैरकानूनी रुपमा कैद छुट दिएको भनी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।

    दशैंअघि परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दालाई प्राथमिकतामा राखेको छ । गम्भीर कानूनी प्रश्न देखिएको भनी संयुक्त इजलासले त्यो मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पठाएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend