काठमाडौं, कात्तिक १७
६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधी नियमित खुवाउन थालेको हो। प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।



