चीनले जाजरकोट भुकम्प प्रभवितलाई १० करोड बराबरको राहत सामग्री दिने

images
  • 222
    SHARES
  • कार्तिक १८, २०८० शनिबार
    चीनले जाजरकोट भुकम्प प्रभवितलाई १० करोड बराबरको राहत सामग्री दिने
    images

    काठमाडौं कात्तिक १८-
    चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।

    नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् । थप सहायता सामग्रीहरू बाटोमा रहेको उनले जानकारी दिएका छन् ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend