भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो

images
  • 142
    SHARES
  • कार्तिक १८, २०८० शनिबार
    भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो
    images

    १८ कात्तिक, काठमाडौं 

    जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।

    सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार गरिएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।

    जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण कति घर क्षति भयो भन्ने विषयमा सरकारको आधिकारिक सूचना दिएको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend