तनहुँ,
भक्त बहादुर थापामगर
शितल देवी युवा क्लब बन्दिपुर गाउँपालिका ६ ग्याजाटार तनहुँले शुभ-दिपावलीको अवसर पारी सक्षम खेलाडीहरुको पहिचान होस् भन्ने उद्देश्यको साथ गाउँस्तरीय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

सो प्रतियोगितामा टिम दर्ता शुल्क:४ हजार रुपैयाँ रहेको छ भने प्रथम,द्वीतीय,तृतीय क्रमशः ४५ हजार,३० हजार र १५ हजार सहित मेडल र प्रमाणपत्र पाउने क्लबका सक्रिय सदस्य मिलन गुरुङले जानकारी बिहानी मिडियालाई जानकारी दिए।
साथै भलिबल प्रतियोगिता यहीँ मिति २०८० साल कार्तिक २१ गते बाट ग्याजाटार खेलमैदान सुचारु हुने समेत संस्थाका सदस्य मिलन गुरुङले बताए। ग्याजाटार क्लबले हरेक बर्ष भलिबल प्रतियोगिता गर्दै आएका छ भने विविध सामाजिक कार्यक्रमहरु पनि निरन्तर गर्दै आएको बताए ।



