कात्तिक १९-
आईसीसी टी-२० विश्वकप छनोटको बेस्ट ब्याटर नेपालका कुशल भुर्तेल बनेका छन् । घरेलु मैदानमा आयोजित छनोट प्रतियोगितामा कुशल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए ।
११ विकेट लिएका ओमानका बिलाल खान बेस्ट बलर घोषित भए । उनले ११ विकेट लिएका थिए । सुपर ओभरमा बिलालले उत्कृष्ट प्रदर्शन गरेपछि आइतबार नेपाललाई हराएर ओमानले उपाधि जितेको थियो । ओमानका अकिब इलियास बेस्ट प्लेयर र कश्यप प्रजापति प्लेयर अफ दी फाइनल घोषित भए ।



