तनहुँ कार्तिक १९
तनहुँको देवघाट गाउँपालिकाले अपाङ्गता भएका १०८ जना व्यक्तिलाई लत्ताकपडा वितरण गरि कार्यक्रम सम्पन्न गरिएको छ । पालिकाभित्र रहेको" क"र "ख" वर्गका अपाङ्गता भएको १०८ जना व्यक्तिहरूलाई लत्ताकपडा वितरण गरिएको हो । देवघाट गाउँपालिका स्तरीय न्यायीक समितिका संयोजक एवं देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङको संयोजकत्वमा घरमा पुगि वा प्रत्येक वडा कार्यालय पुगेर अपाङ्गता भएका व्यक्तिलाई भेटि सामग्री वितरण गरिएको थियोे ।
सोही लत्ताकपडा वितरण गर्दै उपाध्यक्ष गुरूङले अपाङ्ग हुन कसैलाई पनि रहर हुदैन त्यो समयले गर्ने कुरा हो भन्दै जो जस्को घरमा अपाङ्गता भएको व्यक्ति छ उनिहरूमा मायाँ ममता दिएर हेरविचार गर्न अनुरोध गर्नु भएको थियोे । गुरूङले यो पालिकाले गरेको सानो प्रयास मात्रै हो र आगमि दिनहरूमा अझै धेरै सहयोगहरू लिएर आउने समेत प्रतिवद्वता व्यक्त गरे । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले कार्यक्रम मन्तव्य दिदैँ अपाङ्गता भएको व्यक्तिहरूको लागि पालिकाबाट सानो सहयोग गर्न पाउँदा खुशी व्यक्ति गर्दै अपाङ्गता भएको व्यक्ति भनेको भगवान सरह हो उनिहरूलाई पनि अन्य व्यक्ति सरह नजरले हेर्नु पर्छ भने ।
समाजमा अपाङ्गता भएको व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक भएता पनि हामीले त्यसलाई परिवर्तन गर्नुपर्ने बताए । सो लत्ताकपडा वितरण कार्यक्रम देवघाट- १ मा १७ जना,देवघाट-२ मा ३७ जना,देवघाट-३ मा २१ जना,देवघाट-४ मा १२ जना, र देवघाट-५ मा २१ जना गरि १०८ जनालाई लत्ताकपडा वितरण गरिएको देवघाट गाउँपालिकाका महिला शाखा प्रमुख शुभद्रा भट्टराईले जानकारी दिनुभयो । भट्टराईले पालिका भरिका १३० जना अपाङ्गता भएको व्यक्तिहरूलाई लत्ताकपडा वितरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियोे तर हाल १०८ जनालाई मात्रै वितरण गरिएको र बाँकीलाई वडा कार्यलयमा सम्पर्क गरेर वितरण गर्ने बताए ।
वडा नम्बर ३ मा रहेका अति अशक्त र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई आज लत्ताकपडा एवं सामग्री वितरण गरिएको हो । साथै अन्य वर्गलाई गाउँपालिकाले छिट्टै तालिमको आयोजना गर्ने बताए । कार्यक्रममा देवघाट गाउँपालिका कार्यपालिका सदस्य गंगा सिं वि. क.,यममायाँ गुरूङ,मनमायाँ वि.क.,वडा सदस्य दुर्गा बहादुर गुरूङ,नर बहादुर गुरूङ,देवघाट ५ वडा सदस्य तथा न्यायिक समिति सद्स्य याम बहादुर मगर र कमला गुरुङ ,देवघाट गाउँपालिका प्रशासन शाखा अधिकृत गोविन्द प्रसाद पौडेल, योजना शाखा अधिकृत राम प्रसाद सापकोटा, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्ण राज पन्तले सञ्चालन गर्नु भएको सो कार्यक्रम देवघाट गाउँपालिका वडा नम्बर ३ अध्यक्ष टेक बहादुर आलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।



