मीनबहादुर गुरुङद्वारा भुकम्प पिडितका लागि सरकारलाई १ करोड ११ लाखको चेक हस्तान्तरण

images
  • 288
    SHARES
  • कार्तिक २०, २०८० सोमबार
    मीनबहादुर गुरुङद्वारा भुकम्प पिडितका लागि सरकारलाई १ करोड ११ लाखको चेक हस्तान्तरण
    images

    काठमाडौँ 

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

     

    शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो घोषणा गरेका थिए । सोमबार प्रधानमन्त्री निवास पुगेर गुरुङ दम्पतीले आफूले घोषणा गरेको रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरे । निजी क्षेत्रबाट प्रधानमन्त्रीलाई ठुलो राहत रकम हस्तान्तरण गर्ने उनी पहिलो हुन् ।

     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend