जाजरकोटमा फेरि ५.८ म्याग्निच्युडको भूकम्प

images
  • 330
    SHARES
  • कार्तिक २०, २०८० सोमबार
    जाजरकोटमा फेरि ५.८ म्याग्निच्युडको भूकम्प
    images

    जाजरकोटमा फेरि भूकम्प गएको छ।

    सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    जाजरकोटको रामीडाँडा केन्द्र भएर भूकम्प गएको हो।

    यसअघि कात्तिक १९ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा नै केन्द्र भएर भूकम्प गएको थियो। त्यस दिन बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। साथै कात्तिक १७ गते गत शुक्रबार बेलुकी ११:४७ बजे रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो।

     

    यो पनि: अझै जान सक्छ पश्चिम नेपालमा ठूलो भुइँचालो

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend