आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ९२ रनकाे लक्ष्य

images
  • 330
    SHARES
  • कार्तिक २१, २०८० मंगलबार
     आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ९२ रनकाे लक्ष्य
    images

     आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ९२ रनकाे लक्ष्य दिएकाे छ ।

    मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९१ रन बनायाे । अफगानिस्तानका इब्राइम जद्रानले शतक बनाए । उनी एकदिवसीय विश्वकपमा अफगानिस्तानबाट शतक बनाउने पहिलाे खेलाडी पनि बने । जद्रान १ सय ४३ बलमा १ सय २३ रनमा नटआउट रहे । यस्तै रशिद खानले १८ बलमा नटआउट ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जाेश हेजलवूडले २ विकेट लिए ।

    अस्ट्रेलिया र अफगानिस्तान दुवै टाेलीकाे सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । अस्ट्रेलिया ७ खेलमा १० अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । अफगानिस्तान उति नै खेलमा ८ अङ्कसहित छैटाैँ स्थानमा छ । भारत र दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend