सर्वोच्चका न्यायाधीशले जाजरकोट भूकम्प प्रभावितलाई ७ दिनको तलब दिने

images
  • 152
    SHARES
  • कार्तिक २२, २०८० बुधबार
    सर्वोच्चका न्यायाधीशले जाजरकोट भूकम्प प्रभावितलाई ७ दिनको तलब दिने
    images

    काठमाण्डौँ, कार्तिक २२
    अदालतका न्यायाधीश तथा कर्मचारीहरुले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् ।

    बुधबारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरुबाट ५ दिन, जिल्ला अदालतका न्यायाधीशबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

     
    सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका सचिव र सहसचिवस्तरका कर्मचारीबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट २ दिन र सहायकस्तरका कर्मचारीहरुबाट १ दिनको तलब रकम सहयोग स्वरुप जम्मा गर्ने निर्णय पनि गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend