शारदानगर
चितवनको सहिद भुमी भरतपुर-१९ बखान मिनि रंगशाला,शारदानगर खेल मैदानमा पहिलो पटक बेस्ट डेस्टिनेसन एनवाइसि कप राष्ट्रिय भलिबल प्रतियोगिता आजबाट सुरुभएको छ।

प्रतियोगिताको उद्दघाटन खेल कालिका सृजनशिल युवा क्ल्व,राप्ती नगरपालिका-८ ले कल्याणपुर,भरतपुरलाई २-० को सोझो सेटमा पराजित गर्दै बिजयी भएको हो। प्रतोयोगिताका संयोजक देउ कुमार थापा मगर अध्यक्षता, बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर संघ भरतपुर-१९,२० का अध्यक्ष याम बहादुर थाप मगर,बेस्ट डेस्टिनेसन एजुकेसन प्रालिका प्रमुख संजय कुवर,भरतपुर-१९ का वडा सदस्य दिल माया थापा मगर,राजकुमार गुरुङ,भु.पु.सैनिक कल्याणकारी क्ल्व भरतपुर-१९ का अध्यक्ष हुतमान गुरुङ,क्ल्वका सल्लाहकार ज्ञान बहादुर राना मगर,काशी माया राना मगर,देवि थापा मगर लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले बागमती प्रदेशले युवाहरुमा लक्षित युवामय-नीति कार्यक्रममा रोजगारी,आय-आर्जन,सिपमुलक जस्ता खेलकुद कार्यक्रमलाई जोड दिएको र क्ल्वका युवाहरुलाई आवश्यक खेलकुद तथा बिबिध कार्यलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालको राष्ट्रिय खेल भलिबल खेललाई माया गर्न समेत अनुरोध गर्नुहुदै खेलाडी प्रोत्साहनका लागि आवश्यक निति तयार पारिएको समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा,प्रतियोगिताका मुख्य प्रायोजक उच्च शिक्षा हासिल संगै उज्ज्वल भबिष्य निर्माणका लागि पश्चिम चितवनको चनौलि बजारबाटै धेरै बिद्यार्थीहरुलाई जापान,अस्ट्रेलिया,क्यानडा,युके लगायत विभिन्न देशमा पठाउन सफल बिश्वाशिलो र उत्कृष्ट परामर्श केन्द्र बेस्ट डेस्टिनेसन एजुकेशनका प्रमुख कुवरले आफू युवा भएर युवा कार्यक्रममा जोडिन पाउँदा निकै गौरव अनुभव भएको बताउनुहुदै युवाका खेलकुद मात्र नभइ विभिन्न सामाजिक कार्यक्रम सहयोग गर्न सदैब तयार रहेको कुरा व्यक्त गर्नुभयो । प्रतियोगितामा राष्ट्रिय,सातौ एनभिए कप साथै प्रदेश स्तरिय प्रतियोगितामा सहभागी भएका २ जना मात्र खेलाडीले खेल खेल्न पाउनेछन्। प्रतियोगितामा प्रथम हुने र.५५ हजार ५ सय ५५, द्वितीय हुनेले रु. ३३ हजार ३ सय ३३,तृतीय हुनेले रु.२२ हजार २ सय २२ र सान्त्वना हुनेले रु.११ हजार १ सय ११ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र साथै बिधागत पुरस्कार प्राप्त गर्नेछन्।



