कात्तिक २३-
भरतपुर महानगरपालिका–१ देवघाटधाममा रहेको योगी नरहरिनाथ गौं संरक्षण केन्द्रमा तिहारको अवसरमा तीनदिनसम्म सामूहिकरुपमा लक्ष्मी, गाई र गोबर्दन पूजा गरिने भएको छ । केन्द्रले आज पत्रकार सम्मेलन गरेर बिगतका वर्षहरुमा जस्तै लक्ष्मी पूजाको अवसरमा यस वर्ष लक्ष्मीको प्रतिकस्वरुप सामूहिकरुपमा गौंपूजा गर्न लागिएको जनाएको हो ।



