दिपावलीको अवसरमा सीताराम संस्कृत माध्यमिक विद्यालयमा देउसी भैली कार्यक्रम

images
  • 1.0K
    SHARES
  • कार्तिक २४, २०८० शुक्रबार
    दिपावलीको अवसरमा सीताराम संस्कृत माध्यमिक विद्यालयमा देउसी भैली कार्यक्रम
    images

     देवघाट कार्तिक २४

    भरतपुर १ देवघाटधाम चितवन स्थित रहेको सीताराम संस्कृत माध्यमिक विद्यालयमा शुभ-दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैली र सेलरोटी निर्माण अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

    399891488_1289061905086466_1265763354701998600_n.jpg

    विद्यालयले हरेक वर्ष जस्तै शुभ-दिपावलीको अवसर पारेर अन्तरसदनात्मक देउसी भैली कार्यक्रम गरेर मनाइएको हो । हरेक वर्ष जस्तै यो वर्ष पनि विद्यार्थीहरूलाई तिहारको अवसरमा मनोरञ्जन दिने हेतुले देउसी भैलो कार्यक्रम गरिएको सोही विद्यालयका शिक्षक रघु मल्ल बताए । विद्यालयमा हरेक वर्ष दिपावलीको पुर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरू गरेर मनाउँदै आएको समेत मल्लले जानकारी दिनुभयो ।

    399168140_399758355711473_25027342780467130_n.jpg

    सो कार्यक्रमका प्रमुख अतिथि शैक्षिक प्रशासन महाशाखा भरतपुरका अनिमा घिमिरेले विद्यार्थीहरूसँग मिलेर दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रममा आउन पाउदा आफु अत्यन्तै खुसी भएको बताइन् । उहाँले विद्यालयमा पठनपाठन सँगै अन्य प्रयोगात्मक,भावनात्मक कार्यक्रमहरूले विद्यार्थीको बौद्धिक क्षमतालाई बृद्धि समेत गराउने बताए । सोही विद्यालयका विद्यार्थी विकास ढकाल र लाेककल्याण सेवा प्रतिष्ठान, देवघाट द्वारा विद्यार्थीहरूलाई सेलराेटी तरकारीकाे व्यवस्था गरिएको थियोे । शिक्षक रत्नलाल कण्डेल सञ्चालन गर्नु भएको सो कार्यक्रम विद्यालयका प्रधानाध्यापक पाेदराज पाैडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

    386879543_1358157874786312_4199645131040876816_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend