जाजरकोटमा ४ जना दीर्घरोगीको मृत्यु

images
  • 258
    SHARES
  • मंसिर १, २०८० शुक्रबार
    जाजरकोटमा ४ जना दीर्घरोगीको मृत्यु
    images

    मंसिर १-

    जाजरकोटमा ४ जना दीर्घरोगीको मृत्यु भएको छ । कात्तिक १७ गतेको भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना मध्य दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको मृत्यु भएको हो ।

    घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको अस्ति बुधवार ज्यान गएको स्थानीयवासीले बताएका छन् । त्यस्तै यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको मृत्यु भएको थियो ।

    भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा धेरै परिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन थालेको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend