प्रचण्डको निर्देशन,जनताको सुझाव लिन क्यालेन्डर बनाउन

images
  • 82
    SHARES
  • जेठ १९, २०७९ बिहीबार
    प्रचण्डको निर्देशन,जनताको सुझाव लिन क्यालेन्डर बनाउन
    images

    काठमाडौं ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको साथ लिएर काम गरेका ठाउँमा आफूहरु सफल भएको भन्दै  जनताको सुझाव लिन क्यालेन्डर बनाउन निर्देशन दिएका छन् । प्रचण्डले एक्लो वीर जन्माउने प्रयास भइरहेको भन्दै एक्लो वीरले केही गर्न नसक्ने  बताए ।धेरै उत्पात गर्छु भनेर नआत्तिन जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।

    mao31654067533_20220602101447 (1).jpg

    माओवादीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि काठमाडौंमा आयोजना गरिएको दुई दिने अभिमुखिकरण कार्यक्रमको समापन समारोहमा उनले दुई चार वटा जनताको मन छुने काम गरे हुने बताए ।

     

    ‘धेरै उत्पात गर्छु भनेर आत्तिनु पर्दैन, जनताको मन छुने दुई चार वटा कार्यक्रम गरे हुन्छ’, उनले भने, ‘प्रदेश र संघको चुनाव आउँदै छ, यो चार पाँच महिनामा सन्देश दिन सकछौं ।’

     

    माओवादीले केन्द्रमा प्रत्येक वर्ष, प्रदेशम ६–६ महिनामा र पालिकामा ३ महिनामा अभिमुखीकरण गर्ने उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend