काठमाडौं, मंसिर ४
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरूद्धका रिट आज हेर्न नभ्याउने भएको छ । न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सर्वोच्चको वेभ साइटमा उल्लेख छ।
कुमार चुडालको एकल इजलासमा परेका सबै मुद्दाहरू आज हेर्न नभ्याइने सर्वोच्चले वेभसाइटमार्फत जानकारी दिएको छ । गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल ’स्वागत’, अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दिएका थिए।



