काठमाडौं, मंसिर ५
नेपाल प्रहरीको साइबर ब्युरोले सरकारले बन्द गराएको सामाजिक सञ्जाल टिकटक अवैध तरिकाले नचलाउन अनुरोध गरेको छ । बन्द गरिएको टिकटक भीपीएन र डीएनएस प्रयोग गरेर चलाउन थालिएको भन्दै त्यसरी चलाउँदा मोबाइलमा भएका व्यक्तिगत डाटा समेत चोरी हुन सक्ने ब्युरोले जनाएको छ ।



